नेपाल सरकारको निर्णय अनुसार नवनिर्मित धरहरा सर्वसाधारणलाई अवलोकनका लागि मिति २०८१ असोज ३ गते संविधान दिवस एवं राष्ट्रिय दिवसको दिनदेखि खुला गरिएको व्यहोरा जानकारी गराउँदछौं । हाललाई Online Booking (www.dharahara.gov.np) बाट प्रति दिन विहान १०:३० देखि अपरान्ह ४:३० सम्म प्रति घण्टा १०० जनाका दरले गरी दिनको कुल ६०० जनालाई आवलोकनको व्यवस्था गरिएकोमा ३ गतेको विशाल भिड र सर्वसाधारणको धरहरा अवलोकनको चाहनालाई दृष्टिगत गरी अव उपरान्त Online Booking बाट १००० जना र काउण्टरबाट शारिरिक अशक्तता हुनु भएका महानुभावहरुका लागि काउण्टरबाट १५० जना गरी प्रति दिन कुल जम्मा ११५० जनाको लागि प्रवेश गराइने गरी Online Application मा सुधार गरिएको छ ।
प्रत्येक दिन दिउँसो १:३० देखि २:३० सम्म आन्तरिक व्यवस्थापनको लागि तथा प्रत्येक हप्ताको बुधवार र सार्वजनिक विदाको दिन (शनिवार वाहेक) प्रवेश वन्द गरिने छ ।
सुन्धारा क्षेत्रको ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षा समेतलाई दृष्टिगत गरी कृपया शारिरिक अशक्तता हुनु भएका महानुभावहरु बाहेक Online Booking नगरेका महानुभावहरुलाई धरहरा प्रवेशको लागि प्रयास नगरिदिनुहुन समेत अनुरोध छ ।